sujim advert

विदुरका अव्यवस्थित गुजुल्टिएका तार

सुनील श्रेष्ठ     मंसिर १३, २०७९

sizen education new intake 2025
ananda Jewellery shop

unmanage electricity telecom and internet cable in nuwakot
bidur tax consultancy services in nuwakot

सधैं व्यस्त रहने त्रिदेशीय राजमार्ग अन्तर्गत विदुर नगरपालिकाको शहरी सुन्दरतालाई अव्यवस्थित रुपले टाँगिएको सार्वजनिक बत्ती, केबुल र इन्टरनेट सेवा प्रदायकका तारले कुरूप बनाएको छ । त्यतिमात्र होइन यी तारबाट मानवीय तथा भौतिक क्षति पनि हुने गरेको छ ।

नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणका खम्बाहरूमा अव्यवस्थित रुपमा टांगिएको तार देख्दा नै मनै कुरूप भएको भान हुन्छ । माकुराले जालो लगाए जस्तै तारको जालो देखिन्छ । खम्बामा मात्र हैन केहि स्थानहरुमा भुइँमा पनि त्यति नै मात्रामा छरपष्ट छन् तार । तार व्यवस्थापनमा विदुर नगरपालिका तथा सरकारी निकाय मौन जस्तै छन् ।

नेपाल टेलिकम र विद्युत् प्राधिकरणका खम्बामा सार्वजनिक बत्ती, केबुल र इन्टरनेट सेवा प्रदायकले आफुखुशी सहज हुने मात्र गरी तार टाँगेका छन्। तर कुनै पनि निकायले तार व्यवस्थित गरेका छैनन्। तारमाथि तार, कतै गुजुल्टा, कतै तुर्लुङ्ग झुन्डिएका छन्।

सदरमुकाम विदुर चोक, प्रशासन, प्रहरी, अदालत, मालपोत कार्यालय जाने सडकखण्ड, विदुर नगरपालिकाको नयाँ बन्दै गरिरहेको भवन अगाडी र सडकमार्ग लगायतका क्षेत्रमा पनि असरल्ल तार देखिन्छन्। यस्ता तारहरु जिल्लाकै व्यापारिक क्षेत्र बट्टार बजार, त्रिशुली, ढुंगेलगायतका क्षेत्रमा पनि उस्तै हविगत रहेको छ । सरकारले भूमिगत रूपमा व्यस्थापन गर्ने भनिएतापनि नुवाकोटमा भने कार्यान्वयन हुन सकेको छैन।

अहिले आएको नेपाल टेलिकमको फाईबरनेट, एनसेलका केहि भूमिगत भएतापनि अन्य सेवाप्रदायकको भने लापरबाही नै छ या नियमन गर्ने संस्था नै छैन । नेपाल टेलिकमले फाइबर नेटको सुविधा प्रदान गरेतापनि यसअघि टेलिफोन सेवाको लागि टाँगिएको तार झिकेका छैनन् ।

सडकमा हिलो र धुलो सहँदै आएका नगरवासी सडकमाथिको तारले झन् आजित छन्। दिनहुँ ट्रकमा डोजर वा अन्य सरसामान ओसारपसार गर्ने क्रममा तुर्लुङ्ग झुन्डिएका तार चुडाई जाने गरेको छ । स्थानीयले देखेर रोके मात्र ट्रक रोक्ने गरेको छ । कति क्षेत्रमा मानवीय क्षति समेत भएको छ ।

विद्युतको पोलमा नै तार गुजुल्टिएको तथा बेलाबेलामा आगो तथा अन्य दुर्घटना हुने गरेको छ । विगत केही समय पहिले विदुर चोककैमा पोलमा आगो लाग्दा विद्युत् प्रणालीमा नै समस्या आएको थियो । 

पर्यटकको समयमा समेत यस्ता उल्झनलाई समयमै सुल्झाउन नसके विदुर भित्रिने या रहने पर्यटकमा नराम्रो अमिट छाप पर्न जानेछ ।

नगरको शहरी विकास अवधारणलाई चुनौती मात्र नभई टड्कारो रुपमा देखिएको छ । बजारको सौन्दर्यीकरणको लागि सडक सुरक्षासहित तार व्यवस्थापन गर्नसके नगरकै सुन्दरता कायम रहन मद्दत पुग्ने थियो । सडक मापदण्ड कडाइका साथ लागू गर्न स्थानीय सरकारले नीतिगत निर्णय लिनुपर्ने देखिएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको सुरुवात विदुर नगरपालिका क्षेत्रमा अव्यवस्थित गुजुल्टिएका तारले देखाएको छ ।

धुले सडक, साँघुरा चोक, अस्तव्यस्त ट्राफिक र पोलैपिच्छे गुजिल्टिएका तारबाट बजारमुक्त भएको नगरवासी कहिलेसम्म देख्न पाईने हो ?

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top