२०८१, १२ बैशाख बुधबार

नुवाकोटमा १ लाखभन्दा बढीले मतदान गरेनन् (पूर्णपाठसहित)

सुनील श्रेष्ठ     मंसिर ७ २०७९ ०९:१८

dabalikhabar nuwakot election 2078
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटका करिब ५० प्रतिशतले मतदाताले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान नगरिएको देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्यांकअनुसार कुल मतदाता २ लाख ३९ हजार ७२६ मतदाता रहेकोमा ५४.३ प्रतिशतले मात्र मतदान गरेका छन् । जसमा ५८ हजार ४३ महिला, ७१ हजार ५९७ पुरुष र तेस्रो लिंगी १ जना गरी कुल १ लाख २९ हजार ६५१ मतदाताले मतदान गरेको उल्लेख छ ।

कुल मतदाताअनुसार नुवाकोट जिल्लाको १२ वटै स्थानीय तह मध्ये म्यागङ गाउँपालिकामा सबैभन्दा बढी र शिवपुरी गाउँपालिकामा सबैभन्दा कम मतदान गरिएको देखिएको छ । म्यागङमा ५८.७५ प्रतिशतले मात्र मतदान गरेका छन् । १२ हजार ७४९ मतदाता रहेकोमा महिला ३ हजार ७३८ र पुरुष ३ हजार ५१८ गरी कुल ७ हजार २५६ जनाले मतदान गरेका छन् ।

यस्तै, शिवपुरीमा ४८.७३ प्रतिशतले मात्र मतदान गरेका छन् । २० हजार ६२७ मतदाता रहेकोमा महिला ४ हजार २२०, पुरुष ५ हजार ८३२ र १ तेस्रोलिंगी गरी कुल १० हजार ५३ जनाले मतदान गरेका छन् ।

यस्तै, जिल्ला प्रहरी कार्यालय र कारागार कार्यालयमा रहेको अस्थायी केन्द्रमार्फत् १३.१४ प्रतिशतले मात्र समानुपातिक मत जाहेर गरेका छन् । कुल ९८९ मतदाता रहेकोमा महिला ९ र पुरुष १२१ गरी कुल १३० जनाले मात्र मतदान गरेका छन् ।

मतदानको लागि २ संघ र ४ प्रदेश सभाका लागि नुवाकोटमा २ सय ८८ मतदान केन्द्र र १ सय ३२ मतदानस्थल निर्धारण गरिएको थियो ।

खसेको मतको पूर्णपाठ रिपोर्ट

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top