२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

वाईवाई यु-१९ क्रिकेट: नुवाकोट विजयी, योगेश भट्ट उत्कृष्ट खेलाडी

डबली खबर     कार्तिक ३० २०७९ १७:३५

waiwai u-419 winner nuwakot cricket team
pratik book and stationery center in nuwakot

विदुर – वाईवाई यु-१९ बागमती प्रदेश क्रिकेट छनौट प्रतियोगितामा नुवाकोट विजयी भएको छ । आज बुधबार भएको फाइनल खेलमा नुवाकोटले काठमाडौंलाई ३ विकेटले हराउँदै जित हासिल गरेको हो ।

टस जितेर बलिङ रोजेको नुवाकोटलाई काठमाडौंले १ सय ८८ रनको लक्ष्य दिएको थियो । काठमाडौले निर्धारित ४० ओभर ३९.३ बलमा अलआउट हुँदै १८७ बनाउन सफल भएको थियो ।

जितका लागि नुवाकोटले १८९ रन बनाउदैं ३ विकेट लिएर जित हासिल गरेको नुवाकोट क्रिकेट संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

फाइनल खेलको उत्कृष्ट खेलाडी र ब्याट्सम्यान योगेश भट्ट घोषित भए । उनले खेलमा बिस्पोटक ब्याटिङ गर्दै १०६ रन बनाएका थिए ।

त्यस्तै, प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गरेर योगेश भट्ट उत्कृष्ट खेलाडी घोषित भए ।

सेमिफाइनलमा नुवाकोटले ललितपुरलाई र काठमाडौंले चितवनलाई हराउँदै फाइनलमा पुगेको थियो । प्रतियोगितामा प्रदेशका छ जिल्लाका टिमलाई दुई समुहमा विभाजन गरी खेलाईएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top