२०८१, १४ बैशाख शुक्रबार

वर्तमान सरकार जनताकाे अभिभावक बन्न सकेन: नारायणप्रसाद खतिवडा

डबली खबर     कार्तिक २९ २०७९ १७:३३

narayan prasad khatiwada
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नुवाकाेट क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रसाद खतिवडाले वर्तमान सरकार जनताकाे अभिभावक बन्न नसकेकाेले चुनावपछि एमाले नेतृत्वकाे सरकार बनाउन एमालेलाई मत दिन आग्रह गरेका छन् ।

मंगलबार नेकपा एमाले विदुर कमिटीद्वारा आयोजित चुनावी प्रचार सभालाई सम्बोधन गर्दै खतिवडाले उक्त आग्रह गरेका हुन् ।

एमालेले निर्वाचन जिते सरकार शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन ल्याउने खतिवडाको दावी छ। एमाले नेतृत्वकाे तीन वर्षे सरकारले नुवाकाेटका अधिकांश विद्यालय भवन र स्वास्थ्य चाैकी बनाएको दावी गरे ।

खतिवडाले एमाले नेतृत्वकाे सरकारले १० वर्षदेखी प्रचण्डका घरपेटी ठेकेदारले नबनाएकाे पासाङल्हामु राजमार्ग बनाउने बताए ।

खतिवडाले बहुचर्चित गल्छी-त्रिशुली-मैलुंग-स्याफ्रुवेसी-रसुवागढी सडक योजना अन्तगर्त विदुर नगरबासीले मुआब्जा नपाएकाे कुरा आफुले संसदमा उठाएकाे तर बर्तमान देउवा सरकारले नगरबासीलाई मुआब्जा नदिएकोले एमाले सरकार बनेपछि पाउने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top