२०८१, ७ बैशाख शुक्रबार

बागमती युवा क्लब फाईनलमा

डबली खबर     कार्तिक २७ २०७९ १८:५५

bagamati yuwa club winn semifinal c division qualifier
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – जारी शहिद स्मारक ‘सि’ डिभिजन लिग छनोट खेल अन्तगर्त आज भएको सेमीफाईनलमा नुवाकोट युनाइटेड फुटबल क्लब बागमती युवा क्लबसँग पराजय भएको छ ।

नकआउट समुह “बी” अन्तर्गत नुवाकोट युनाईटेड र बागमती युवा क्लबबीचको खेलमा ०-३ गोलअन्तरले हार व्यहोरेको हो । यो हारसँगै नुवाकोट युनाईटेडको ‘सि’ डिभिजनमा बढुवा हुने सपना तुहिएको छ ।

पहिलोहाफमा बागमतीले २-० गोलको अन्तरले अग्रता लिएको थियो भने दोस्रो हाफमा थप एक गोल गर्दै सी डिभिजनको फाईनलमा प्रवेश गरेको छ । खेलमा बागमतीकतर्फबाट बिनोद घिसिङ्ग, विजय घलान र अनिल रानामगरले समान १/१ गोल गरे ।

समुह चरणमा नुवाकोट युनाइटेडले च्याम्पियन व्वाईज क्लबलाई १-० र ईमाडोल युनिटि क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै समुह बिजेता हुँदै नकआउट चरणमा पुगेको थियो । नुवाकोट युनाइटेडले क्वाटरफाईनलमा चित्लाङ फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।

फाइनलमा बागमतीले समूह ‘२’ अन्तर्गत काभ्रे बोर्डर युवा समूह र २८ बिगाहा युवा क्लबबीचको खेलको विजेतासँग खेल्नेछ ।

फाईनलको विजेता समूह २ बाट ‘सी’ डिभिजन लिगमा बढ्वा हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top