२०८१, १३ बैशाख बिहीबार

कोकाकोलाको फिफा वर्ल्डकप क्याम्पेन ड्रिन्क–बिलिभ– विन शुरु

डबली खबर     कार्तिक २३ २०७९ १०:४६

Coca-Cola drink believe win nepal nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – कोका-कोलाले आफ्ना फुटबलप्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल ड्रिन्क-बिलिभ-विन योजना ल्याएको छ ।

यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन् ।

यस क्याम्पेनमा सहभागि हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वर्ल्डकप लेबलमा भएको उक्त कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ । त्यस्तै कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ अथवा www.coca-cola.com.np मा गएर आवश्यक जानकारी प्रदान गरेर पनि यस क्याम्पेनमा सहभागि हुन सकिनेछ ।

गत मंगलबार शुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ । यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । यसको बारेमा विस्तृत शर्त तथा जानकारीहरू कम्पनीको वेबसाइट www.coca-cola.com.np मा गएर हेर्न सकिनेछ । पुरस्कार दावी गर्नको लागि आफुसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ ।

यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा पाउन सकिनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top