२०८१, १३ बैशाख बिहीबार

कानून विपरित क्रसर उद्योगलाई नदी उत्खनन् अनुमति प्रदान

डबली खबर     कार्तिक २२ २०७९ १०:१०

bidur municipality office building top view nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिकाले कानून विपरित एक क्रसर उद्योगलाई नदी उत्खनन्को अनुमति प्रदान गरेको छ । आवश्यक प्रक्रिया समेत पुरा नगरी नगरपालिकाले गंगटेमा रहेको बर्डस्टोन क्रसर उद्योगलाई तादी खोला उत्खनन् गर्ने अनुमती दिएको हो ।

क्रसर उद्योग विदुर नगरपालिकाको वडा नं. २ र ५ मा छ । दुवै वडाध्यक्षहरू नगरपालिकाको पत्र बुझेर अलमलमा छन् । स्थानीयको व्यापक विरोध हुँदै गर्दा नगरपालिकाबाट आएको पत्र समातेका वडाध्यक्षले ‘लौ मेयरले बितायो’ भन्दै नागरिकहरू समक्ष प्रमुख प्रशासकीय अधिकृतले लेखेको पत्र नै सार्वजनिक गरेका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) लगातयतका सबै मापदण्ड पुरा गरेको दावी गर्दै विदुर गरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनालले नगरपालिकाको कात्तिक १६ गतेको निर्णय भन्दै १७ गते क्रसर कम्पनीलाई पत्र दिएका छन् । पत्र पाएको आधा घण्टामै क्रसरले खोला उधिन्न सुरु गरेको छ । यस विषयामा जिल्ला समन्वय समिति अनभिज्ञ छ । समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुीेलेले यस संवाददाताको जानकारीमा अनभिज्ञता दर्शाए । अनुगमनको जिम्मा आफ्नो रहेको र त्यस विषयमा कुनै जानकारी आफ्नो कार्यालयलमा नभएको ठकुरीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले समेत यस विषयमा आश्चर्य व्यक्त गरे । खोजीनीति गर्दा नगरपालिकाले खोला खन्नु भनेर लेखेको पत्र क्रसर कम्पनीले आफ्नो टेबुलमा पछारेको प्रहरी उपरीक्षक पण्डितले बताए । प्रमुख जिल्ला अधिकारीले मेयर राजन श्रेष्ठ लगायतका सम्वन्धित व्यक्तिहरू मात्रै सम्मिलित बैठकको तयारी गरेका छन् । आज सोमवार यस विषयमा सिडिओले मेयरसंग छलफल गर्ने श्रोतले बताएको छ । प्रहरी उपरीक्षक पण्डित, समन्वय प्रमुख ठकुरी र सिडिओ नारायणप्रसाद रिसाल प्राकृतिक श्रोत साधनको दोहान नियन्त्रण गर्ने पक्षमा छन् ।

तीन वटा सान ठुला मेसिन प्रयोग गर्नेगरी कात्तिक १७ गतेदेखि ३१ दिनका लागि नगरपालिकाले पत्र दिएको छ । समाचार श्रोतका अनुसार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले छ महिना अघिको आफ्नो चुनाव खर्च उठाउने मेसो यही क्रसरबाट गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले पनि यसको हिस्सा लिने सहमती भएको छ । ‘चुनाव पछि आफु बस्ने होइन क्यारे’ भन्दै खनालले ‘राम्रै रकम डिल गरेको समाचार श्रोतको दावी छ । पत्र लेख्न आनाकानी गरेका प्रमुख प्रशासकीय अधिकृत खनालले ‘दह्रो डिल’ गरेपछि पत्रमा सही गरेका थिए ।

मेयर राजन श्रेष्ठले आफ्नो हात नरहेको, कार्यपालिकाको बैठकको निर्णय अुनसार खोला खन्ने अनुमती दिएका बताए ।

यसै बीच विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनाल प्राकृतिक श्रोत साधनको दुरुपयोग गर्दै व्यक्तिगत कमाउ धन्दामा लागेको जानकारी प्राप्त भएको छ । मेयर राजन श्रेष्ठले आफु अनुकुल गर्न र बालुवाबाट गोप्य असुली गर्न १० नं. वडा कार्यालयको सचिव पदमा कार्यरत एक कर्मचारीलाई नगरपालिकाको कार्यालयमा तानेका छन् । सुर्दशन सेढाई नाम गरेका ति कर्मचारीलाई यही फाँटको जिम्मा उनले दिएका छन् । अधिकृत खनाल उनै सेढाँई लिएर एक व्यापारिको बालुका खानीमा बुधवार पुगेका थिए । श्रोतका अनुसार अधिकृत खनाल र सेढाईंले ‘अलिअलि मलाउने भए आँखा चिम्लने’ भन्दै टाउँको कन्याएका छन् । ति व्यापारिले कानून अनुसार तिर्नुपर्ने मात्रै नगरपालिकाले पाउने तर व्यक्तिगत रकम दिन नसक्ने भन्दै ठाडो जवाफ दिएर फर्काएका छन् ।

वडा नं. ३ मैरीटारको एक बालुवा खानीसंग नगरपालिकाले उठाउनु पर्ने ९ करोड ६० लाख रावश्वको विषयमा भने विदुर नगरपालिका मौन छ । यसमा वडा अध्यक्ष बद्री रिमाल र मेयर राजन श्रेष्ठको ‘आन्तरिक लफडा’ रहेको श्रोतको दावी छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top