+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट सेवा समाज युएईद्वारा वैद्य सम्मानित

sangina baidhya rewarded UAE social
डबली खबर
३ साल अगाडी

विदुर – नुवाकोट सेवा समाज युएईद्वारा तेक्वान्दो क्विन संगीना वैद्य सम्मानित भएकी छिन् ।

वैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी किर्तिमानी खेलाडी वैद्यलाई युएई समाजले आईतबार एक कार्यक्रमका बीच सम्मान पत्रसहित सम्मान गरिएको समाजका अध्यक्ष बासुदेब ढुंगानाले जानकारी दिए ।

वैद्यले राष्ट्रिय टिमका साथै विभागीय टोली नेपाली सेनाको प्रशिक्षण सम्हाल्दै विभिन्न सफलता हासिल गरेकी थिईन। नेपालले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा तेक्वान्दोतर्फ उत्कृष्ट प्रदर्शन गर्दै १२ स्वर्णपदक जित्नुमा उनको प्रशिक्षण समेतले ठुलो योगदान गरेको थियो ।

वैद्य नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एशियाली पदक दिलाउन सफल खेलाडी तथा ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडि हुन्।

उनले १९९२ देखि २००४ सम्म राष्ट्रिय प्रतियोगितामा एकछत्र राजगर्दै १० अन्तराष्ट्रिय स्वर्ण पदक जितेकी थिइन्।

नुवाकोटमा जन्मिएकी संगिनाले सन् १९९२ बाट तेक्वान्दो खेलजीवन सुरु गरेर २००९ मा भव्य कार्यक्रमबीच खेलजीवनबाट सन्यास लिएकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ