+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल संवत्‌का अवसरमा नुवाकोटमा र्‍याली

nepal sambat 1143 nuwakot
डबली खबर
३ साल अगाडी

विदुर – नेपाल संवत् ११४३ को अवसरमा नेवार समुदायले आज बुधबार नुवाकोटमा प्रभातफेरी गरेका छन् ।

नुवाकोट युवा क्लबले आयोजना गरेको उक्त कार्यक्रममा बुद्धिजीवी, स्थानीयको उपस्थितिमा प्रभातफेरीपछि शुभकामना आदानप्रदान गरी मनाईएको क्लबका अध्यक्ष सरोज डंगोलले जानकारी दिए ।

शुभप्रभात सहकारीद्वारा सगुनको व्यवस्था गरिएको प्रभातफेरीमा नेवारी पहिरन, धिमे बाजासहित नुवाकोट दरबार परिसर परिक्रमा गरिएको क्लबले जनाएको छ।

नेपाल संवत् नेवार समुदायको मात्रै नभई सम्पूर्ण नेपालीहरु नयाँ वर्ष भएको हुँदा नेपाल संवत्‌लाई नेपाली सम्बतको रुपमा स्थापित गर्न पहल गर्नुपर्ने स्थानीय समाजसेवी रविदास श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ