२०७९, २१ मंसिर बुधबार

विन्दबासिनी सहकारीको कार्यालय उद्घाटन

डबली खबर     कार्तिक ७ २०७९ १३:०३

bindabasini cooperative nuwakot bidur
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

नुवाकोट – विन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज सोमबार एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरिएको छ ।

जिल्ला सहकारी संघको व्यवसायिक भवन विदुरमा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्तरुपमा सहकारीको कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बोगटीले सहकारीले जनताको जीवनस्तर उकास्नमा अहम् भूमिका खेल्नुपर्ने बताईन् ।

विदुर नगर सहकारी समन्वय समितिका संयोजक नविन्द्रमान प्रधानले सहकारीले सहकारीकै सदस्यमा ऋण लगानी गर्नुपर्ने बताए । साथै, समितिले गरेको पछिल्लो सर्वेक्षणअनुसार एक सदस्यले एकभन्दा बढी सहकारी ऋण लिँदा कालोसूचि रहेको पाईएकोले एक सदस्यले एक सहकारीमा मात्र ऋण लिनुपर्ने बताए ।

सहकारीका अध्यक्ष भीमप्रसाद ढकालको अध्यक्षता भएको उद्घाटन समारोहमा किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपाने र तारकेश्वर गाउँपालिका उपाध्यक्ष हरीप्रसाद रिमाल, जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेलगायतको उपस्तिथि रहेको थियो ।

२०६९ मा स्थापना भएको सहकारीमा एकसय १२ सेयर सदस्यको लगानी रहेको छ । सहकारीको सेयर पुँजी ७० लाख रुपैंयाँ रहेको छ । सहकारीको निक्षेप ४५ लाख, जगेडा कोषहरु ५ लाख ४० हजार र कर्जा लगानी १ करोड ३ लाख रहेको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top