२०८१, १२ बैशाख बुधबार

जन्मदिनको उपहार २० लाख रुपैयाँको जीवनबीमा पोलिसि

डबली खबर     आश्विन २३ २०७९ २०:४७

reliable nepal life insurance
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – जन्मदिन, पास्नी, विवाह लगायतका अवसरमा बीमा पोलिसीलाई उपहार स्वरुप दिने क्रम बढ्दै गईरहेको छ ।

यसैबीच धादिङ जिल्लाको गल्छी गाउँपालिका-१ कल्लेरी निवासी ईश्वरी भण्डारी कार्कीले आईतबार श्रीमान रमेश कार्कीको जन्मदिनमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखाबाट जारी जीवनबीमा पोलिसी उपहार दिएकी छिन् ।

परिवारको भविष्य सुनिश्चित गर्न श्रीमानको जन्मदिनको अवसरमा २० लाख रुपैयाँको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको कार्कीले बताइन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बजार प्रतिनिधि रिजालका अनुसार कार्कीले रिलायबल सुलभ जीवनबीमा योजना अन्तर्गत कार्कीले उक्त उपहार दिएका हुन् ।

यस योजना अन्तर्गत बीमालेखले बीमा समाप्ति पछि बीमाङ्क र बोनस एकमुष्ट फिर्ता हुने भएकाले परिवारको सुरक्षित भविष्यमा समेत उपयोगी हुने रिजालले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top