२०८१, १७ बैशाख सोमबार

उम्मेदवार बन्ने व्यक्तिले कर तिरेको हुनुपर्ने

डबली खबर     आश्विन २२ २०७९ १८:१४

election commission nepal nuwakot trishuli web
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने व्यक्तिले कर, राजस्व, शुल्क र दस्तुर तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उम्मेदवार बन्नेहरूले स्वघोषणा गर्नुपर्ने सूचीमा सरकारी पेश्की र बेरुजु तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने उल्लेख गरेको छ । यसैगरी उम्मेदवार हुने व्यक्तिले विदेशको स्थायी आवासीय अनुमति पत्र (डीभी वा पीआर) नलिएको हुनुपर्ने पनि आयोगले जनाएको छ ।

उपरोक्तानुसारको स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयन पत्र साथ पेश गर्नुपर्ने भएकाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि यही मिति २०७९ असोज २३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।

त्यस्तै, मनोनयन दर्ता गर्नुअगावै स्पष्ट भई स्वघोषणापत्रमा दस्तखत गर्न आयोगले सूचित गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top