२०८१, १३ बैशाख बिहीबार

दशैँ टिका लगत्तै त्रिशुलीमा खानेपानी आपूर्ति बन्द हुने, सामाजिक सञ्जालमार्फत् चौतर्फी विरोध

डबली खबर     आश्विन १३ २०७९ ०७:००

bidur municipality ward no 1 water supply notice 20790612
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – दशैँको टिका लगत्तै त्रिशुली र ढुंगेमा खानेपानीको हाहाकार हुने भएको छ । विदुर नगरपालिका वडा नम्बर १ को कार्यालयले बुधबार एक सूचना जारी गर्दै यही असोज २१ गतेदेखि १२ दिनको लागि नहर सटडाउन गर्नुपर्ने भएकोले नहरको पानी उपभोग गरिरहेका सम्पूर्ण त्रिशुली तथा ढुंगेवासीलाई जानकारी गराएको छ ।

नेपाल विद्युत प्राधिकरणको नहरबाट विस्तार गरिएका खानेपानी नेपाल विद्युत खानेपानीको जल विद्युत केन्द्र सुदृढिकरण कार्य गरिने पत्रमा उल्लेख छ । सार्वजनिक सूचनाले नहरको खानेपानी उपभोग गर्दै आईरहेका करिब १५ सय जना वडावासीहरु प्रभावित हुने देखिएको छ ।

यस जानकारीको वडावासीले सामाजिक सञ्जालमार्फत् चौतर्फी विरोध जनाएका छन् । खानेपानीको विकल्प नखोजी वडा कार्यालयले सूचना मात्र जानकारी गराउँदा सूचनाप्रति आपत्ति समेत जनाएका छन् ।

नेपाल विद्युत प्राधिकरण त्रिशुली जलविद्युत केन्द्रले वडा कार्यालयलाई गत भाद्र २६ गतेनै नहर सटडाउन हुने बारे जानकारी गराएतापनि वडा कार्यालयले हिजो मात्र वडावासीलाई जानकारी गराएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top