२०८०, १५ चैत्र बिहीबार

नि:शुल्क खानेपानी दिनेछौं – अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठ

डबली खबर     भाद्र २६ २०७९ १६:०२

sanjeev bahadur shrestha chairman of bidur khanepani
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर खानेपानी तथा सरसफाई संस्थाका नवनिर्वाचित अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले आफ्ना सदस्यहरुलाई नि:शुल्क खानेपानी उपलब्ध गर्ने बताएका छन् ।

आईतबार विदुर नगरपालिकाद्वारा आयोजित बधाई तथा स्वागत कार्यक्रममा अध्यक्ष श्रेष्ठले उक्त भनाइ राखेका हुन् । विदुर खानेपानी संस्था नाफामूलक नभएकोले विदुर नगरपालिकाले मासिक रुपमा संस्थाको प्रशासकीय र मर्मत खर्च उपलब्ध गराए विदुर खानेपानीले आफ्ना उपभोक्ताहरु नि:शुल्क रुपमा उपलब्ध गराउन सक्ने बताएका हुन् ।

श्रेष्ठले विदुर नगरपालिकाको सहकार्य गरेर हरेक भान्छाका महिलासँग सहकार्यमा सिङ्गो विदुर नगरपालिका सरसफाई अभियान जुटाउन सकेमात्र आफु निर्वाचित भएको औचित्य पूर्ण हुने बताए ।

नगरक्षेत्रमा विकास निर्माणको क्रममा खानेपानीका पाईपहरु क्षतविक्षत हुने गरेकोले त्यस्ता कार्य गर्दा गर्दा खानेपानी संस्थालाई जानकारी गराई कार्य गर्न नगर प्रमुख राजन श्रेष्ठलाई अनुरोध गरे । कदमकदाचित त्यस्ता विकास निर्माण कार्यले भत्केका, चुडीएका पाईपलाईनहरु सम्बन्धित निर्माण पक्षले नै बनाई दिनुपर्ने निर्णय गराईदिए संस्थाको क्षति न्यून हुनुको साथै व्ययभार कम हुने बताए ।

तेस्रो शहरी खानेपानीअन्तर्गत प्राप्त झन्डै २० करोड रुपैंयाँभन्दा माथिको ऋण भार उपभोक्ताको काँधमा रहेको छ । त्यो ऋणलाई २० वर्षभित्र ४० किस्तामा ६/६ महिनामा सावाँ र किस्ता भुक्तानी गर्नुपर्ने हुन्छ । यदि संस्थाले समयमा भुक्तानी गर्न नसकेमा संरक्षक रहेको विदुर नगरपालिकाले व्यहोर्नुपर्ने जानकारी दिए ।

१५ युनिट पानी उपलब्ध गराएबापत उपभोक्ताले ३०० रुपैंयाँ तिरिरहेका छन् भने धारा जडान गरेबापत् शुल्क तिर्नुपर्नेमा ७० प्रतिशत उपभोक्ताले मात्र रकम बुझाएको जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top