२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

विद्यालय कर्मचारीको मागमा शिक्षक संघ बेलकोटगढीको समर्थन

डबली खबर     भाद्र १३ २०७९ ०८:२५

nepal teacher association
pratik book and stationery center in nuwakot

नुवाकोट – देशभरका सामुदायिक विद्यालय कर्मचारीहरुको आन्दोलनमा नेपाल शिक्षक संघ बेलकोटगढी नगरपालिकाले ऐक्यबद्धता जनाएको छ ।

आईतबार संघका द्वय अध्यक्ष राजाराम पाण्डे र सचिव नवराज नेपालद्वारा संयुक्तरुपमा हस्ताक्षरित प्रेस विज्ञाप्तिमा विद्यालय कर्मचारीले उठाएका न्यायसंगत मागहरु यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ ।

नेपाल विद्यालय कर्मचारी परिषदद्वारा २०७९ भाद्र १ गतेदेखि जायज र न्यायिक माग राखी गरिरहेको आन्दोलनप्रति नेपाल सरकार गैरजिम्मेवार देखिएको जनाएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले ७५३ वटै स्थानीय तहलाई पत्र लेख्दै एक हप्ता सामुदायिक विद्यालय बन्द कार्यक्रम सञ्चालनका लागि आवश्यक सहयोग तथा सहजीकरण गरिदिन अनुरोध गरेको थियो ।

यस्तै, जिल्लाका नेपाल शिक्षक संघ म्यागङ र सुर्यगढी गाउँ कार्यसमितिले पनि विद्यालय कर्मचारी परिषद्को आन्दोलनप्रति समर्थन र सहयोग गदै ऐक्यबद्धता जाहेर गर्ने निर्णय गर्दै सरकारलाई अबिलम्ब माग पुरा अपिल गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top