+
Search

ताजा अपडेट +

पपुलर +

थाल ठटाएर विरोध प्रदर्शन

raprapa nuwakot
डबली खबर
३ साल अगाडी

विदुर – राप्रपा नुवाकोट र भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संयुक्तरुपमा विभिन्न मागहरु राख्दै थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् ।

महिला संगठन नुवाकोटका अध्यक्ष यसोदा दाहालले प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने मागसहित विरोध गरेको बताईन् ।

राप्रपा जिल्ला समिति नुवाकोटले केन्द्रीय निर्देशन अनुसार चरणबद्ध विरोध कार्यक्रम गरिएको पार्टी सचिव दिपेश पाण्डेले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ