२०७९, २६ श्रावण बिहीबार

हेमोडायलिस सेवा सुरु

डबली खबर     श्रावण १२ २०७९ ०५:५६

hemodialysis service in trishuli hospital nuwakot
Diyo Pathshala Montessori

नुवाकोट – त्रिशुली अस्पतालले आफ्नो ५८ औं वार्षिकोत्सवको अवसरमा बुधबारदेखि हेमोडायलिस सेवा सुरु गरेको छ । जिल्लाभित्र रहेका नियमित डायलाइसिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी मृगौला उपचार सेवा सञ्चालनमा ल्याइएको हो ।

उक्त विभागको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीले उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै जिसस प्रमुख ठकुरीले नुवाकोटमा मृगौलासम्बन्धी हेमोडायलिस सेवा नहुदाँ काठमाण्डौं जानुपर्ने बाध्यता रहेकोमा उक्त सेवा शुरु भएपछि घण्टौं समय र पैसा खर्च गरी डायलाईसिसको लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको बताए ।

अस्पतालले वार्षिकोत्सवको अवसरमा मृगौला परीक्षण सेवाको लागि हेमोडायलिस विभाग सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दिपेन्द्र पाण्डेले बताए । मिर्गौलाले सामान्यरूपमा काम नगरेको व्यक्तिको रगत शुद्ध बनाउने सेवा अस्पतालमा सुरु गरेको बताए ।

अस्पताल संचालक तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले मृगौला डायलाईसिसको लागि हाललाई दुईजना नर्सले सेवा प्रदान गर्ने र अन्य चिकित्सक तथा प्राविधिक उपकरण थप गर्दै लगिने बताए ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top