२०८१, १४ बैशाख शुक्रबार

राष्ट्रिय परिचयपत्र फाराम भरेको सेवा शुल्क तोकियो

डबली खबर     असार ३२ २०७९ ०६:१६

National Identity Card (Nepal)
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र फाराम भरेको सेवा शुल्क रकम तोकेको छ ।

शुक्रबार कार्यालयले एक सूचना जारी गर्दै सेवाग्राहीले आफै नभरी साईबर तथा लेखापढी व्यवसायीबाट भर्ने गरेको र सोबापत् सेवा शुल्क एकरुपता नभएको भन्ने गुनासोपछि सरोकारवालाको उपस्थितिमा बढीमा रु.१०० मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

फाराम भरिएबापत् त्यस्ता व्यवसायीले सेवाग्राहीलाई अनिवार्य रसिद वा बिल दिनुपर्ने उनले बताए । तोकिएको भन्दा बढी शुल्क लिईएको पाईएमा आवश्यक कारवाही गरिने उनले बताए ।

परिचयपत्र बनाउन नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल र प्रतिलिपी, आमा र बुबाको नागरिकताको प्रतिलिपी उपलब्ध भएसम्म र नगारिकराको प्रमाणपत्रमा जन्म मिति नखुलेकाको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस पत्र आवश्यक हुन्छ । कम्तिमा १६ वर्ष उमेर पुरा भएको हुनु पर्ने र नेपाली नागरिकताको प्रमाण पत्र लिएको हुनु पर्नेछ ।

यद्यपी राष्ट्रिय परिचयपत्र फाराम अनलाईन मार्फत व्यक्ति स्वयंले भर्न सक्ने र कार्यालयमा टोकन प्रणालीमा नि:शुल्क भरिने व्यवस्था रहेको छ । अनलाईन फाराम भर्न यहाँ क्लिक वा ट्याब गर्नुहोस् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top