२०७९, २६ श्रावण बिहीबार

करिब तीन करोड राजस्व सङ्कलन, ४६४० ले बनाए राहदानी

डबली खबर     असार ३२ २०७९ ०६:२०

press meet district administrative office report data fiscal year 2078_79
Diyo Pathshala Montessori

विदुर – आर्थिक बर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालय नुवाकोटले करिब तीन करोड राजस्व संकलन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालकाअनुसार कार्यालयले जेठमसान्तसम्ममा कुल दुई करोड ८४ लाख ९८ हजार २३५ रुपैयाँ राजस्व आर्जन गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिदैँ उनले राहदानीतर्फ चालुआर्थिक वर्षको मङ्सिर महिनामा सबैभन्दा कम र भदौ महिनामा सबैभन्दा बढी राजस्व संकलन गरिएको जानकारी दिए । कार्यालयले मङ्सिरमा २० हजार र महिनामा ३८ लाख ९३ हजार ६२५ रुपैंयाँ राजस्व संकलन गरिएकको छ ।

तथ्यांकअनुसार परीक्षा दस्तुरबाट २२ हजार, राहदानीबाट दुई करोड ७५ लाख आठहजार, एजेन्सी दर्ताबाट ३४ हजार ७६५, हातहतियार इजाजतबाट नौ हजार ७६० र प्रसाशनिक दण्ड जरिवानाबाट ६ लाख १७ हजार ७१० रुपैंयाँ राजस्व संकलन गरेको छ । चालुआर्थिक वर्षमा नुवाकोटबाट झण्डै पाँच जनाले राहदानी बनाएका छन् ।चार हजार ६४० जनाको राहदानी आवेदन फाराम संकलन गरिएकोमा ३ हजार ११७ राहदानी वितरण गरिएको छ । जसमा एकहजार ५२३ राहदानी वितरण गर्न बाँकी रहेको छ ।

कार्यालयले वंशजको आधारमा ११ हजार ५९१ नयाँ नागरिकता वितरण गरेको छ । वैवाहिक अङ्गीकृत नागरिकता दुई ओटा वितरण भएको छ । आठ हजार १८२ प्रतिलिपि नागरिकता र ७८३ नागरिकता पुरानो अभिलेखन गरेको छ ।

यस्तै, राष्ट्रिय परिचयपत्रतर्फ १३ हजार ८४३ जनाको व्यक्तिगत विवरण संकलन गरिएको छ । अहिलेसम्म नुवाकोटमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने सकेको छैन ।

यसैबीच चालु आव बाढी पहिरोबाट १६ घरमा क्षति पुगेको कार्यालयले जानकारी दिएको छ । आगलागी, बाढी, पहिरो, करेन्ट र पानीमा डुबीलगायतका दुर्घटनाबाट १/१ जनाको मृत्यु भएको छ । विपदबाट ३ करोड ५९ लाख ९६ हजार क्षति भएको छ । पहिरो र आगोले क्षति भएका घरधनीलाई रू. ४ लाख ५० हजार राहत प्रदान गरिएको थियो ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top