नुवाकोट – राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले जिल्ला अधिकारी नारायणप्रसाद रिसाललाई ज्ञापनपत्र बुझाएको छ ।
आज सामाजिक रुपमा भोग्नुपरेको व्यवहारिक कठिनाईहरु र राज्यबाट महिलामाथि हुने गरेका पक्षपातपूर्ण काम कारवाहीसँग सम्बन्धित विभिन्न ८ बुँदे माग राख्दै महिला संगठन नुवाकोटका अध्यक्ष यसोदा दाहालले जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
व्यक्तिगत बलात्कार, घरेलु हिँसा, यौन उत्पीडिन, एसिड प्रकरण आक्रमण, प्रजननमा जवरजस्ती, महिला शिशु हत्या लगायतका महिला हकहित, अधिकार, महिला हिंसा र सुरक्षाका विषयलाई दोषीलाई कानुनको दायरमा ल्याउन माग गरेको छ ।
असार १३ देखि राप्रपा चरणबद्ध आन्दोलनमा रहेको छ । यस क्रममा महिला संगठन पनि आफ्नो सरोकारका विषयलाई लिएर आन्दोलित भएका हुन् । गत असार १ गते विभिन्न २२ सूत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब सिर्जना गर्न निरन्तर आन्दोलनमा होमिएको हो ।
प्रतिक्रिया