२०७९, ३० श्रावण सोमबार

ग्लोबल आइएमई बैंक सम्मानित

डबली खबर     असार ३० २०७९ १९:१३

global ime bank
Diyo Pathshala Montessori

काठमाडौं – ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ ।

बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड लिएका हुन् ।

सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

युरोमनी म्यागाजिन बैंङिक क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको छ । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरु रहेका छन् । यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि भने अमेरिकाको बैंक अफ अमेरिकाले प्राप्त गरेको छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top