२०८०, २४ जेष्ठ बुधबार

आर्थिक विधेयक र ई-टिडिएस सम्बन्धी अभिमुखीकरण

डबली खबर     असार ४ २०७९ १६:२४

ird nepal tds bidur tax training
Diyo Pathshala Montessori

नुवाकोट – आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय गल्छीको आयोजनामा एकदिने कर सम्बन्धी तालिम सम्पन भएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघ र विदुर कर परामर्श सेवाको समन्वयमा शनिबार विदुर र त्रिशुलीमा भएको अभिमुखीकरण कार्यक्रममा आर्थिक विधेयक २०७९ ले गरेका कर सम्बन्धी छुट तथा सुविधा र ई-टिडिएस सम्बन्धि जानकारी गराईएको कार्यालयका निमित्त प्रमुख प्रेमकुमार श्रेष्ठले बताए । दुवै तालिममा एकसय नौ जनाको सहभागिता रहेको श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा आर्थिक विधेयक २०७९ ले गरेका कर सम्बन्धी छुट तथा सुविधा विषयक करदाता शिक्षा दिईएको छ । तालिममा निमित्त प्रमुख श्रेष्ठ र विदुर कर परामर्श सेवाका निर्देशक दिनेशकुमार श्रेष्ठले सहजिकरण गरेका थिए ।

तालिममा सरकारी तथा निजी कलेज, विद्यालय, संघ/संस्थाहरु, सहकारी, वित्तिय संस्था, ब्यावसायी फर्महरु लगायतका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

विभागले इ-टीडीएस सम्बन्धि प्रणाली परिवर्तन गरेपछि कर कार्यालय धाएर इ-टीडीएस गर्नुपर्ने झन्झट हटाएर आफैंले इ-टीडीएस गर्न सक्ने व्यवस्था मिलाएको हो।

e-TDS भनेको के हो ?

भुक्तानीमा गरिएको (अग्रिम) करकट्टीको विवरण विद्युतीय प्रणाली (Internet) बाट बुझाउने व्यवस्था हो ।

मेरो करकट्टी भएको रकम कति जम्मा भएछ भनेर म स्वयंले हेर्न मिल्छ ?

यदि तपाईंको कर कट्टी गर्ने व्यक्तिले e-TDS मार्फत अग्रिम करकट्टीको विवरण बुझाएको रहेछ भने तपाईं आफैंले विद्युतीय प्रणाली (Internet) बाट हेर्न सक्नुहुन्छ ।

मेरो अग्रिम करकट्टी भई e-TDS मार्फत जम्मा भएको रकम हेर्ने प्रक्रिया के हो ?

Username, Password प्राप्त गर्न सम्बन्धित ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क गर्नुहोस । त्यसपछि,

  • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी ird.gov.np पेजलोड गर्नुहोस ।
  • होमपेजमा भएको taxpayer portal क्लिक गर्नुहोस ।
  • तत् पश्चात प्राप्त हुने screen मा e-TDS Folder लाई छनौट गर्नुहोस ।
  • तत् पश्चात e-TDS मेनुमा क्लिक गर्नुहोस ।
  • Withholdee Login मा क्लिक गर्नुहोस ।
  • Username, password राखी आफ्नो विवरण हेर्नुहोस।

आर्थिक बिधेयक २०७९ ले गरेको कर सम्बन्धी केही महत्वपूर्ण परिवर्तनहरु

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top