२०७९, ३ भाद्र शुक्रबार

गोसाइँकुण्ड चौतारी सहकारीको सेवा केन्द्र विस्तार

सुनील श्रेष्ठ     असार ४ २०७९ १२:२३

gosaikunda chautari sahakari
Diyo Pathshala Montessori

महादेवफाँट – गोसाइँकुण्ड चौतारी बहुउद्देशीय सहकारीले बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा आफ्नो दोस्रो सदस्य सेवा केन्द्र विस्तार गरेको छ ।

शनिबार तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरीप्रसाद रिमालले सहकारीको सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीले बचत र ऋण मात्रको कारोबार नगरी भुइँ मान्छेहरुमा पनि सहकारीको अवनत्व ग्रहण गर्न सक्ने कार्यक्रम तथा सेवा विस्तार गर्नुपर्ने बताए । तल्लो वर्गका जनताको स्तरोन्नति, जीवनस्तर माथि उकास्न परिवर्तन ल्याउने संस्थालाई स्थानीय तह र सरकारले अपेक्षा गर्ने बताए ।

सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डितले महादेवफाँट त्रिदेशीय द्वारको रुपमा रहेको र शहरोन्मुख स्थान भएको हुनाले स्थानीयको व्यवसायिक, जीपिकोपर्जन तथा सिपोन्मुख क्षेत्रमा टेवा पुर्याउन सहकारीले लक्ष्य रहेको बताए । सहकारीले कार्यक्षेत्र विस्तारसंगै जिल्लाका १२ वटै स्थानिय तहमा सेवा पुर्‍याउने उदेश्यले सेवा केन्द्र स्थापना गरिएको सहकारीका अध्यक्ष पण्डितले बताए ।

३५ सय शेयरधनी रहेको सहकारीको ३ करोड १६ लाख १७ हजार २ सय शेयर रकम रहेको सहकारीका उपाध्यक्ष बाबुराम लामिछानेले जानकारी दिए । चालुआर्थिक वर्षको वैशाख महिनासम्ममा १४ करोड ६० लाख बचत सङ्कलन र २० करोड ऋण रहेको छ ।

यसअघि गोसाइँकुण्ड र चौतारी सहकारीबीच मर्जरपछि विदुरमा सहकारीले पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । सहकारी र सेवा केन्द्रमार्फत् बचत तथा ऋणको साथै सेवा, निर्धन उत्थान कार्यक्रमसंगै रेमिट्यान्स सेवा पनि सञ्चालन हुने जनाएको छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top