२०७९, १२ असार आईतवार

दाहुवाका सिसीक्यामेरा खरिद गर्दा आकर्षक उपहार

डबली खबर     असार ३ २०७९ २१:५२

dahuwa cctv camera nepal
Diyo Pathshala Montessori

नुवाकोट – विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सिसीक्यामेरा खरिद गर्दा अधिकतम २ लाखदेखि ५ सयसम्मका उपहार पाईने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्टले उपभोक्ताहरुको लागि स्क्र्याच कार्डमार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको हो ।

नेपाली बजारमा अधिक रुचाइएको उक्त सिसि क्यामेरा कम्पनीले आफ्ना उपभोताको हितमा बजारमा नयाँ अफर घोषणा गरेको हो । बिध म्यानेजमेन्ट र दाहुवा ब्रान्डको आधिकारीक बिक्रेताद्वारा कम्तिमा तीसहजार बराबरको सिसिक्यामेरा लगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्डमार्फत उपहार प्रदान गर्ने योजना ल्याएको हो ।

यस योजनामा ग्राहकले उपहारमा ई-स्कुटर, टेलिभिजन, वासिङ्ग मेशिन, फ्रिज, इन्डक्सन चुल्हों मिक्सर ग्राइन्डर, स्मार्टमोबाईलदेखि हात खाली नजाने १ हजार, ७५० रुपैयाँ र ५०० रुपैयाँका नगद उपहार समेत प्राप्त गर्न सकिने नुवाकोट र रसुवाका लागि आधिकारिक बिक्रेता सुलक्षणा आईटी सोलुसनका सञ्चालक सविन श्रेष्ठले जानकारी दिए ।

दाहुवा सिसिटिभी एवं सुरक्षा उपकरणहरु युरोप तथा अमेरिकामा अत्याधिक मन पराईएको ब्रान्ड हो । यो बजारमा पाईने अन्य ब्रान्डको तुलनामा गुणस्तरिय, भरपर्दो, सस्तो र सुरक्षित छ ।

उपहारसँगै बिध म्यानेजमेन्टले घर टोल तथा अफिसमा जडान गर्न सकिने गरि सर्वसुलभ दरमा सिसिटिभीको प्याकेज समेत घोषणा गरेको छ । यसको सुरुवाती मुल्य रु.२५ हजार कायम गरेको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top