२०८०, २४ जेष्ठ बुधबार

बागमती प्रदेशले ल्यायो ७० अर्ब ९३ करोडको बजेट (पूर्णपाठ)

डबली खबर     असार १ २०७९ १८:५३

shalikaram jammakattel budget bagamati province
Diyo Pathshala Montessori

हेटाैंडा – बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जम्मकट्टेलले प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ ।

प्रदेश सरकारले बजेटमा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९ करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । 

प्रत्येक वडामा प्राविधिकसहित पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइने जानकारी गराएका हुन् । उनले यसका लागि आगामी वर्षलाई १८ करोड २७ लाख बजेट विनियोजन गरेको छ।

प्रदेशका जिल्लाबिचको अन्तर आबद्धता बढाउने र प्रदेश राजधानीसँग जोड्ने प्रदेश चक्रपथको अध्ययन गरी निमार्ण सुरु गर्ने छ ।

साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामती सरह १५ प्रतिशत बढाइएको बजेटमा उल्लेख छ । सरकारले साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामती र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाएको उनले बताए ।

वनजंगल विस्तार, सिमसार क्षेत्रको संरक्षणको लागि प्रदेशभित्रका नांगा डाँडाहरूमा एक वर्षभित्र १५ हजार बिरुवा रोप्ने बताए ।

बजेटको पूर्णपाठ

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top