काठमाडौँ – ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई डिम्याट खाता नविकरण गर्न आग्रह गरेको छ ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरूमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८/७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १ सय रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र शुल्क बुझाउन क्यापिटलले आग्रह गरेको छ ।
शेयरधनीहरुले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंक तथा कनेक्ट आइपीएस, इ-सेवा, आइएमई पे, प्रभु पेबाट डिम्याट खाता नविकरण शुल्क तिर्न सक्ने क्यापिटलले जनाएको छ ।
तोकिएको समयभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीको खाता सिस्टमबाट रोक्का हुने क्यापिटलले जनाएको छ ।
त्यसैगरी मेरो शेयर लिगेका ग्राहकहरुले सेवा सुरु गरेको १ वर्षभित्र नविकरण गनुपर्ने र नविकरण नगरेमा उक्त सेवा बन्द हुने क्यापिटलले जनाएको छ ।