२०८१, १४ बैशाख शुक्रबार

वक्तृत्वकलामा सम्पन्न, विजेताले प्रदेशस्तरीयमा सहभागीता जनाउने

डबली खबर     जेष्ठ २६ २०७९ ०६:१५

Rhetoric competition
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – बागमती प्रदेश युवा परिषद्को आयोजनामा युवा प्रतिभा पहिचान कार्यक्रम अर्न्तगत वक्तृत्वकला प्रतियोगिता नुवाकोटको विदुरमा सम्पन्न भएको छ ।

“सिर्जनशीलता र उद्यमशिलता प्रवर्द्धनः बागमतीमा युवा सशक्तीकरण“ विषयक शिर्षकको वक्तृत्वकला प्रतियोगितामा नुवाकोट जिल्लाकाे आठ र रसुवा जिल्लाका चार जना युवायुवतीको सहभागीता रहेको थियो ।

१६-२४ उमेर समूहको खुल्ला वक्तृत्वकला प्रतियोगितामा नुवाकोटबाट महिलातर्फ बेलकोटगढी नगरपालीकाकी बिबिना लामिछाने र पुरुषतर्फबाट रामेश्वर गजुरेल प्रथम भएका छन् ।

यस्तै, रसुवाबाट महिलातर्फ कालिका गाउँपालिकाकी कृतिका पौडेल र पुरुषतर्फबाट नौकुण्ड गाउँपालिकाकाे दावाछिरिङ लामाले प्रथम स्थान जितेका छन् । विजेताहरुलाई जनही नगद ३/३ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरेका छन् ।

विजेताहरुले आगामी असार ४ गते हेटौडामा हुने प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउने जिल्ला युवा समिति नुवाकाेटका अध्यक्ष उद्वव पनेरुले जानकारी दिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा शिवसुन्दर पुडासैनिकाे समुह रहेका थिए।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top