२०७९, १२ असार आईतवार

वडाध्यक्ष भण्डारीसहित चार जनप्रतिनिधि निलम्बित

डबली खबर     जेष्ठ २५ २०७९ ११:०९

hariram bahndari ward chairman bidur municipality office
Diyo Pathshala Montessori

नुवाकोट – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित चार पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेका छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा आरोपपत्र दायर भएका जनप्रतिनिधिलाई निलम्बन गराउन आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई भनेको हो ।

नुवाकोटका विदुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिराम भण्डारीलाई निलम्बन कार्यान्वयन गर्न भनिएको छ । वडाअध्यक्षमा निर्वाचित भएका भण्डारीले सुलक्षणा माध्यमिक विद्यालयका प्रधानाध्यापक हुँदा विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

यस्तै, कैलाली जिल्ला, मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलगायतलाई निलम्बन कार्यान्वयन गराउन लेखी पठाइएको छ । उपाध्याय वडा नम्बर २ का अध्यक्ष हुँदा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भनी विशेष अदालतमा आरोपपत्र दर्ता भएको थियो ।

मोहन्याल गाउँपालिका–३ का अध्यक्ष नन्दराम गिरीलाई पनि उनीविरुद्धका अन्तिम मुद्दा किनारा नलागेसम्म स्वतः निलम्बित गर्न आयोगले भनेको छ । उहाँविरुद्ध अघिल्लो कार्यकालमा विशेष अदालतमा आरोपपत्र दर्ता भएकामा अन्तिम फैसला हुन बाँकी छ ।

त्यस्तै, अछाम जिल्ला, पञ्चदेवल विनायम नगरपालिका–७ मा निर्वाचित हुनुभएका सुरतबहादुर रावललाई पदमुक्त गराउन भनिएको छ । सोही नगरपालिका–७ मा रहेको कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक रावलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा बहाल भएको कसुर ठहर भएर रु पाँच हजार जरिवाना सजाय भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको सूचना

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top