२०८०, २४ जेष्ठ बुधबार

ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवन शिलान्यास

डबली खबर     जेष्ठ २४ २०७९ १०:२५

global ime bank bharatpur corporate building
Diyo Pathshala Montessori

भरतपुर – ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ ।

बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका थिए ।

यसका साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरुको भेला तथा लगभग ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङ्गसम्बन्धी सचेतना यालीको पनि आयोजना गरेको छ ।

उक्त सचेतना याली नारायणी नदी किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक हुँदै भरतपुर हाइट स्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top