चितवन – ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरताको प्रवर्द्धनका लागि र्यालीको आयोजना गरेको छ ।
शनिबार चितवनको नारायणगढ बजारको पुल्चोकदेखि भरतपुर हाइटसम्म आयोजना गरिएको उक्त र्यालीमा सहभागीहरूले वित्तीय साक्षरतामूलक नारा लेखिएका ब्यानर तथा प्लाकार्ड लिएका थिए ।
बचत गरौं भन्ने मूल नाराका साथ आयोजित उक्त र्यालीले सर्वसाधारणलाई वित्तीय कारोबारसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै वित्तीय कारोबारमा उनीहरूको पहुँच अभिवृद्धि गर्ने बैंकको विश्वास छ ।
र्यालीमा बैंक संचालक समितिका सदस्य, उच्च व्यवस्थापन तथा कर्मचारी गरी करिब ५ सय जनाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया