२०७९, ३ भाद्र शुक्रबार

युवा सशक्तीकरण बिषयक वक्तृत्वकला हुदैं

डबली खबर     जेष्ठ १८ २०७९ १०:४८

bagamati pradesh youth council
Diyo Pathshala Montessori

नुवाकोट – बागमती प्रदेश युवा परिषदको आयोजनामा “सिर्जनशीलता र उद्यमशिलता प्रवर्द्धन” बागमतीमा युवा सशक्तीकरण” शिर्षकमा वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने भएको छ ।

गत वैशाख २२ गते सार्वजनिक गरिएको सूचनामा प्रतियोगीतामा सहभागी हुने प्रतिस्पर्धीहरुले स्थानीय निकाय हुदैं जिल्लागत प्रतियोगिताबाट छनौट भएका युवाहरुलाई प्रदेशस्तरीय उक्त प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गरिएको छ ।

वार्षिक कार्यक्रम अन्तर्गत प्रदेशभित्रका युवा प्रतिभा पहिचानको निमित्त वक्तृत्वकला प्रतियोगिता हुन लागिएको जनाएको छ ।

१६-२४ वर्ष उमेर समुहका युवाहरुलाई सहभागिता गराईने छ । प्रत्येक स्थानीय निकायबाट महिला १ र पुरुष १ युवा छनौट गर्नेछन् । स्थानीय निकायगतको प्रतियोगितामा प्रथम हुने महिला र पुरुषले ३/३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

स्थानीय निकायमा छनौट भएका विजयीले यहि असार ४ गते बिहान १० बजेदेखि हेटौंडाको मकवानपुरमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । प्रदेशस्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २५ हजार, २० हजार र सान्त्वनाले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top