२०८१, ६ बैशाख बिहीबार

विदुर र बेलकोटगढीका मेयरले लिए शपथ

डबली खबर     जेष्ठ १० २०७९ ०६:३५

bidur and belkotgadhi municipality mayor Oath program nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सोमबार मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बेलकोटगढीका जगतबहादुर गुरुङलाई सपथ गराएका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट गठबन्धनको तर्फबाट नेपाली काँग्रेस श्रेष्ठ १५ हजार ८ सय २६ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सञ्जु पण्डितलाई ३ हजार ६७२ मतान्तरले पराजित गरेका हुन् । पराजित पण्डितले १२ हजार १५४ मत ल्याएका थिए ।

यस्तै, नेकपा माओवादी केन्द्रका गुरुङले १३ हजार २२२ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्ररमण खनाललाई ५ हजार ९४८ मतान्तरले पराजित गरेका हुन् । पराजित निवर्तमान मेयर राजेन्द्ररमण खनालले ७ हजार २७४ मत ल्याएका थिए ।

नुवाकोटमा दुई नगरपालिकासहित १२ स्थानीय तह रहेका छन् । १० वटा गाउँपालिका प्रमुखले जिल्ला समन्वय समितिको सभाहालमा मुख्य निर्वाचन अधिकृत लुइँटेलले यसअघि नै पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top