२०८०, ६ चैत्र मंगलवार

विदुरको ५ मा बढी मतपत्र भेटिएपछि मतगणना रोकियो

डबली खबर     जेष्ठ ४ २०७९ १२:४७

bidur nagarpalika map election
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – मुचुल्कामा लेखिएको भन्दा ११ वटा मतपत्र बढी भेटिएपछि नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ को मतगणना रोकिएको छ ।

वडा नम्बर ५ मा खसेको मतभन्दा बढी भेटिएपछि प्रतिस्पर्धामा रहेको नेपका एमालेका कार्यकर्ताहरुले गणना रोकेका हुन् ।

मुचुल्का २८९३ मत खसेको भनेर लेखिएको र मतपत्र २९०४ पेटिकामा भेटिएकाले विवाद उत्पन्न हुँदा रोकिएको हो । अझै ९ मतपत्रको गणना हुनुपर्ने जनाएको छ । यस विषयमा निर्वाचन अधिकृत र दलीय प्रतिनिधिबीच बैठक चलिरहेको छ ।

अहिलेसम्ममा वडाध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रका लिलानाथ न्यौपानेको प्यानलै अग्रस्थानमा रहेको छ।

१३ वडा रहेको विदुरमा ४ वटाको गणना सम्पन्न भइ नतिजा आइसकेको छ । जसमा वडा १, २ र ४ मा नेकपा एमालेको प्यानल विजयी भएका थिए भने ३ नम्बर वडामा वडाध्यक्ष पदमा नेपाली काँग्रेस र अन्य पदमा नेकपा एमाले विजयी भएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top