२०८०, ६ चैत्र मंगलवार

“त्रिशुलीलाई सम्पदावस्तीमा विकास गर्छु”: वडाध्यक्ष रञ्‍जित

डबली खबर     जेष्ठ ३ २०७९ ०८:३५

lenin ranjit bidur ward chairman of ward 1
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – स्थानीय तह २०७९ को निर्वाचनमा विदुर नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा पुन: निर्वाचित लेनिन रञ्‍जितले त्रिशुलीलाई सम्पदावस्तीमा विकास गर्ने बताएका छन् ।

त्रिशुली सामाजिक क्लबले आयोजना गरेको सम्मान तथा बधाई शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका हुन् ।

नवनिर्वाचित वडाध्यक्ष रञ्‍जितले गत कार्यकालमा गरेका अधुरा कार्यलाई पुरा गर्न निरन्तता दिई वडालाई साँस्कृतिक र पर्यटनमा विकास अघि बढाईने उनले बताए । भित्रि बजारलाई पर्यटकीय क्षेत्रमा विकासको लागि विदुर नगरपालिकाबाट अनुदानको कार्यक्रम ल्याउन पहल गरिने बताए । जिल्लाकै प्रमुख बजारमा रहेको त्रिशुली बजारको खस्केको व्यवसायलाई उकास्न सम्पदा विकास कार्यक्रमले टेवा पुर्याउने बताए । उक्त कार्यको लागि वडाका युवाहरुसँग सहकार्य गर्दै रोजगारीको सिर्जना गर्ने बताए ।

पासाङल्हामु राजमार्गबाट रिमालडाँडाहुँदै बान्द्रे नर्सरीबाट पुनः पासाङल्हामु राजमार्ग जोड्ने वैकल्पिक मार्गको स्तरोन्नतीको चुनावी प्रतिबद्धताअनुसार इन्द्रायणी र बसपार्कमा पुल निर्माण गरी वडामा चक्रपथ निर्माण गर्न पहल गरिने उनले बताए । वडामा शहरी र ग्रामिण भूगोल रहेकोमा ग्रामिण भूगोलमा कृषिका कार्यक्रमको लागि त्रिशुली नदीबाट पानी लिफ्ट प्रणालीद्वारा क्यौरीनी, रातोमाटे, बोगटीगाउँ पाण्डेगाउँ र तल्लो सिमुटारमा सिँचाई र खानेपानीको व्यवस्था गरिने उनले बताए ।

विस २०३३ सालमा भदौ त्रिशुलीमा बुबा गुणदास र आमा शान्तिदेवीको कोखबाट जन्मेका उनको बालपन राजनीतिक परिवेशबाट हुर्केका थिए । उनको एक श्रीमती र दुई छोरा रहेको छ ।

कार्यक्रममा त्रिशुली सामाजिक क्लबका अध्यक्ष नरेन्द्र अमात्यले समग्र त्रिशुलीको विकासको लागि वडा र स्थानीयको सहकार्यमा अघि बढ्ने बताए ।

रञ्‍जितले नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट वडाध्यक्षमा ६९४ मत ल्याएर विजयी भएका हुन् । उनले ०७४ को स्थानीय निर्वाचनमा ७२८ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top