२०७९, ७ जेष्ठ शनिबार

विदुर १ मा उपमेयर पदमा कुलबहादुरको अग्रता

डबली खबर     जेष्ठ १ २०७९ ०९:३७

raprapa kul bahadur khadge
nuwakot trishuli graphic web media service 2020

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर १ मा उपमेयरको पछिल्लो मत गणनाको परिणामअनुसार पार्टीभन्दा स्थानीय व्यक्ति सबैभन्दा ठुलो हुने देखिएको छ ।

पछिल्लो मत परिणाम अनुसार विदुर नगरपालिकाको उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलबहादुर खड्गेले ४२२ मतले अग्रता लिएका छन् । १ हजार ४१८ मत गणना हुँदा उनले उक्त मत प्राप्त गरेका हुन्।

यस्तै, नेपका एमालेका अम्बिका पौडेल नेपालले ३६१ र गठबन्धनबाट नेपका माओवादी केन्द्रका प्रभा बोगटीले ३८२ मत प्राप्त गरेकी छिन् ।

निर्वाचन त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय र इन्द्रायणी मावि मतदान केन्द्रमा खसेको मतमा ६ मत बदर भएको छ।

गठबन्धन रहेको उक्त वडामा उपप्रमुखको लागि रुख चिन्हमा ६९ मत आएको छ । यसले गठबन्धनलाई असर पुगेको छ ।

यस्तै, वडा अध्यक्षमा पनि राप्रपाका प्रकाश जोशीले २७२ मत प्राप्त गरेका छन् । उपमेयर र वडाध्यक्षको मतले वडा १ मा राप्रपा बलियो रुपमा रहेको देखिएको छ ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top