+
Search

ताजा अपडेट +

पपुलर +

श्रेस्ता अभिलेख व्यवस्थापन गर्दै मालपोत नुवाकोट

homnath sedhain officer of malpot nuwakot
डबली खबर
४ साल अगाडी

विदुर – जिल्ला मालपोत कार्यालय नुवाकोटले श्रेस्ता अभिलेख व्यवस्थापन कार्यक्रम अन्तर्गत स्क्यानिङ कार्य गरिरहेको छ ।

वर्षौंदेखिको कागजी मोठलाई पेपरलेस गरी डिजिटलका माध्यमको प्रयोग गरी कार्यालयबाट दिईने सेवालाई चुस्त राख्नको लागि प्रक्रिया अघि बढेको कार्यालय प्रमुख होमनाथ सेढाईले बताए ।

उनले श्रेस्ता अभिलेख व्यवस्थापनलाई डिजिटल अन्र्तगत मोठहरुको स्क्यानिङ कार्य भइरहेको छ । कार्यालयमा भएका मोठहरुलाई दुई खण्डमा अभिलेख गरी राखिएको थियौं । खण्ड ‘क’ मा २५ मोठ र खण्ड ‘ख’ मा २० मोठहरुको अभिलेख छ । कार्यालयको श्रेस्ता अभिलेख व्यवस्थापन कार्यक्रम स्क्यानिङ गर्ने कार्यको कुल श्रेस्ताको २ लाख ७ हजार ६ सय ५ पेजहरुको स्क्यानिङ कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए ।

कोरोनाको कारण स्क्यानिङ कार्यमा ढिलाई भएकोमा साविकको ४५ गाविसहरुको नाममा वर्गीकरण गरी अभिलेख राखिएको मोठहरु मध्ये १४ मोठहरुको स्क्यानिङ गर्ने कार्य बाँकी रहेको छ। उक्त स्क्यानिङ कार्य सम्पन्न भएपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले निर्माण गरेको सफ्टवेयरमा अभिलेख गरी अध्यावधिक गर्ने प्रक्रिया बढाईने उनले बताए ।

श्रेस्ता अभिलेख व्यवस्थापनले सेवा छिटो–छरितो र पारदर्शी हुनुको साथै सुशासन कायम हुने छ । कर्मचारीमाथि लाग्ने आरोपबाट पनि मुक्ति मिल्नुको साथै सेवाग्राहीले ढिलोसम्म समय खर्च गर्न नपर्ने फाइदा हुने उनले बताए ।

स्क्यानिङ कार्यको लागि इभरनल इन्फ्रास्ट्रक्चर कम्पनीलाई प्रति पेज ३ रुपैयाँमा स्क्यानिङ गर्न दिईएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ