२०८१, ११ बैशाख मंगलवार

स्थानीय तह निर्वाचन: विदुरमा ५५ जनाले दिए वडाध्यक्षमा उम्मेदवारी

डबली खबर     बैशाख १४ २०७९ ०६:४४

bidur nagarpalika map election
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिकाको १३ वटैको वडाध्यक्ष पदका लागि ५५ जना उम्मेदवारीले मनोनयन दर्ता गराएका छन् ।

वैशाख ३० गते हुने चुनावमा गत स्थानीय निर्वाचनमा निर्वाचित भएका ६ जनाले पुन: वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । विदुर नगरपालिकाको वडा नम्बर १, ५, ९ र १२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित भएका चार वडाध्यक्ष र वडा नम्बर ३ र १० मा नेपाली काँग्रेसबाट निर्वाचित भएका दुई वडाध्यक्षले पनि पुन:उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार वडा नम्बर १ मा चार जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्ष पदमा प्रकाश जोशीले राष्ट्रिय प्रजातन्त्र पार्टी, किरणबहादुर श्रेष्‍ठले स्वतन्त्र, लेनिन रञ्जितले एमाले र शंकर पाण्डेले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर २ मा पाँच जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा दिपक कायस्थले एमाले, सुरजप्रसाद श्रेष्‍ठले नेपाली काँग्रेस, राजेन्‍द्र विश्‍वकर्माले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट, शुक्रलाल श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट र बादलमान श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ३ मा पाँच जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा प्रदिप घिमिरेले एमाले, बद्रीप्रसाद रिमालले नेपाली काँग्रेस, खडानन्‍द अर्यालले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, मुस्‍मलाल श्रेष्‍ठ र हेमबहादुर क‍े.सी. पण्डितले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ४ मा पाँच जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा ध्रुवलाल श्रेष्‍ठले नेपाली काँग्रेस, निरञ्जन घिमिरेले जनसमाजवादी पार्टी नेपाल, निलमबाबु ढुंगेलले एमाले, रवि तिमिल्सिनाले स्वतन्त्र र राम डंगोलले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ५ मा पाँच जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा केशव कुमालले नेकपा राष्ट्रवादी, गंगाराम गजुरेलले स्वतन्त्र, मनहरी मगरले राष्ट्रिय प्रजातन्त्र पार्टी, लिलानाथ न्‍यौपानेले माओवादी केन्द्र र शिवकुमार चित्रकारले एमालेबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ६ मा चार जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा बिष्‍णुप्रसाद अर्यालले राष्ट्रिय प्रजातन्त्र पार्टी, रामकाजी दिक्षितले नेकपा (एकीकृत समाजबादी), श्‍यामकृष्ण चालिसेले एमाले र सरोज कुमालले जनसमाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ७ मा पाँच जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा रबिन्द्र नेपालले नेपाली काँग्रेस, रामहरी अधिकारीले एमाले, विष्णुबहादुर बोगटीले माओवादी केन्द्र, शेरबहादुर तामाङले मंगोल नेशनल अर्गनाइजेसन र हरिचन्द्र घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ८ मा पाँच जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा अरुणकुमार श्रेष्‍ठले एमाले, उत्तमबहादुर के.सी.ले स्वतन्त्र, कमल श्रेष्‍ठले नेपाली काँग्रेस र बुद्धिमान कारञ्जितले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ९ मा सात जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा गोविन्द बहादुर गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टी, रामबहादुर सुर्खेतीले जनता समाजवादी पार्टी, विनोदकुमार तामाङले स्वतन्त्र, श्रीकृष्ण थापाले जनसमाजवादी पार्टी नेपाल, शनी चित्रकारले एमाले, सुकबहादुर गुरुङले मंगोल नेशनल अर्गनाइजेसन र हरिराम भण्डारीले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर १० मा तीन जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा उद्धव खतिवडाले एमाले, गणेशकुमार नेपालले नेपाली काँग्रेस र रबिन्सन पाण्‍डेले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ११ मा चार जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा चन्द्रबहादुर प्याकुरेलले नेपाली काँग्रेस ठाकुरप्रसाद तिम्सिनाले माओवादी केन्द्र, बाबुराम तामाङले एमाले, हेमप्रसाद न्‍यौपानेले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर १२ मा पाँच जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा उपिन्द्र खडकाले माओवादी केन्द्र, कुमार राईले राष्ट्रिय प्रजातन्त्र पार्टी, राजकुमार तामाङले जनसमाजवादी पार्टी नेपाल, विश्‍वराज रिजालले स्वतन्त्र, सिताराम अर्यालले एमालेबाट उम्मेदवारी दिएका छन् ।

वडा नम्बर १३ मा तीन जनाले उम्मेवारी दिएका छन् । वडाध्यक्षमा खमानसिं तामाङले मंगोल नेशनल अर्गनाइजेसन, नानीकाजी खड्काले एमाले, बाबुराम रिजालले राष्ट्रिय प्रजातन्त्र पार्टी र भरतबहादुर तामाङले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका छन् ।

वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरि निर्णय गरे छ। वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन र १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ भने वैशाख १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top