२०८१, ८ बैशाख शनिबार

निर्वाचन सामग्री ढुवानीमा जीपीएस ट्रयाकिङ

डबली खबर     बैशाख ९ २०७९ १९:०४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – निर्वाचन आयोगले निर्वाचन सामग्री पठाउने सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ । निर्वाचन सामग्री ढुवानीको सुरक्षाका लागि आयोगले गाडीमा जीपीएस सिस्टम जडान गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सामग्री ढुवानी गर्ने सवारीसाधनमा ट्रयाकिङ सिस्टम राखिएको बताए । आयोगका कर्मचारीको मोबाइलमा भएको ट्रयाकिङ सिस्टमको मद्दतले गाडीलाई ट्रयाक गर्न सकिने उनले बताए ।

आयोगले सातै प्रदेशमा निर्वाचन सामग्री ढुवानी गर्न फरक फरक ढुवानी व्यवसायी छनोट भएका छन् । मतपत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले मतपत्रको सुरक्षा सेनाबाट हुने व्यवस्था मिलाएको छ ।

त्यस्तै, निर्वाचन सामग्री ढुवानी हुने गाडीमा एकजना आयोगका कर्मचारी समेत खटिएका छन् । निर्वाचन सामग्री ढुवानीका लागि गृह मन्त्रालयमार्फत निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगले बिहीबारदेखि विभिन्न जिल्लामा निर्वाचन सामग्री पठाउन सुरू गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top