२०८१, १४ बैशाख शुक्रबार

१ नम्बर वडामा टुङ्गो लागेन, वडाध्यक्षमा सातको नाम सिफारिस

डबली खबर     बैशाख ११ २०७९ ११:२७

communist party uml nuwakot bidur
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेकपा एमाले विदुर नगरपालिका वडा नम्बर १ इकाईले वडाध्यक्षको पदका लागि सात जनाको नाम सिफारिस गरेको छ । वडा नम्बर १ इकाईको बैठकले वहालवाला वडाध्यक्षसहित एमालेका अन्य छ जना सक्रिय कार्यकर्तालाई पनि सिफारिस गरेको हो ।

वडा कमिटीले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनको लागि वडाका उम्मेदवारहरुको नामावली नेकपा एमाले पार्टी जिल्ला शाखामा सिफारीस गरिएको वडा इकाइ समितिकाे अध्यक्ष अर्जुनप्रसाद पाण्डेले बताए । वडामा सर्वसम्मत हुन नसकेपछि पार्टीमा उम्मेदवारीको टुंगो लगाउन सिफारिस गरिएको वडा सचिव नरेन्द्र अमात्यले बताए ।

सिफारिस हुनेमा विदुर-१ का वडाध्यक्ष लेनिन रञ्‍जित, पूर्णप्रसाद पाण्डे, अर्जुनप्रसाद पाण्डे, प्रवेज आलम. राजेश श्रेष्ठ, प्रज्वल सापकोटा र शर्मिला श्रेष्ठ रहेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्ष रञ्‍जितले ७२८ मत ल्याई निर्वाचित भएका थिए । सदस्यमा उम्मेदवारी दिएका पूर्णप्रसाद पाण्डेले आगामी निर्वाचनको लागि वडाध्यक्ष पदका लागि दावेदारी दिएका छन् ।

महिला सदस्यहरुमा रुपा थापा, गोमादेवी पाण्डे, नानु गुरुङ, कमला कुवँर, रिता थपलिया र । वडा नम्बर १ को वडासदस्य थापाले गत स्थानीय तहको निर्वाचनमा ६६० मत ल्याई निर्वाचित भएकी थिईन् ।

यस्तै, दलित महिला सदस्यमा विष्णुमाया सुनार र कल्पना मिजारलाई सिफारिस गरिएको छ । वडासदस्यमा निर्वाचित भएकी सुनारले भने ५३३ मत प्राप्त गरी निर्वाचित भएकी थिईन्।

सदस्यतर्फ शिव खड्गे, नरेन्द्र अमात्य, सुदिप श्रेष्ठ, महेन्द्र श्रेष्ठ, रामगोपाल श्रेष्ठ, नारायण बोगटी, राजकुमार नापित र रामबहादुर विकको नाम सिफारिस गरिएको छ । वडासदस्य खड्गेले एमालेबाट नेतृत्व गर्दै ४५८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top