२०७९, २६ श्रावण बिहीबार

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

डबली खबर     बैशाख ६ २०७९ ०६:००

Feeding vitamins to children
Diyo Pathshala Montessori

काठमाडौं – सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ ।

७ सय ५३ वटा पालिकामा वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।

देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको थापाले बताए ।

भिटामिन ए कार्यक्रमका लागि देशभर करिब ५२,००० जना महिला स्वास्थ्य स्वयम् सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

थापाका अनुसार भिटामिन ए क्याप्सुल ४० लाख क्याप्सुल र जुकाको औषधि अल्वेन्डाजोल ३५ लाख ट्याब्लेट सम्बन्धित केन्द्रमा पु-याइसकिएको छ ।

नेपामला भिटामिन ए क्याप्सुल खाने २७ लाख जना र जुकाको औषधि खाने २४ लाख जना छन् । त्यसका लागि करिव ६ करोड ७१ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको हो ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top