नुवाकोट – नेपाली काँग्रेसविरुद्ध अभिव्यक्ति दिई दिएकोले दुई सदस्यलाई निष्काशन गरेको आज जारी एक विज्ञप्तिमा भनिएको छ ।
आज वैशाख ४ गते बसेको जिल्ला अनुशासन समितिको वैठकले पार्टीको जिल्ला कार्यसमितिका पूर्व उपसभापति यमबहादुर थापा र क्रियाशील सदस्य भगवान पौडेललाई पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरित हुने गरी अनुशासन उल्लंघन गरेको सूचनाको आधारमा जिल्ला अनुशासन समितिले गत चैत २५ नै पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
तोकिएको समयभित्र स्पष्टीकरण पेश नभएको र वैशाख २ गते नेपाल कम्युनिष्ट पार्टी एमाले प्रवेश गरेकोले क्रियाशील र साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न बागमती प्रेदेश अनुशासन समितिमा सिफारिस गरिएको नेपाली काँग्रेस नुवाकोटका जिल्ला अनुशासन समितिका संयोजक श्रीराम श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया