२०८१, ११ बैशाख मंगलवार

चुनावी अभियानमा जुट्दै राप्रपा, त्रिशूलीमा सम्पर्क कार्यालय, उम्मेदवार घोषणा

डबली खबर     बैशाख ४ २०७९ ०६:००

rastriya prajatantra party nuwakot bidur trishuli
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले विदुर नगरपालिका वडा नम्बर १ धोबिखोल्सा त्रिशूलीमा शनिबार वडा कार्यालय स्थापना गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि राप्रपाले चुनावी अभियानलाई अघि बढाएको हो ।

राप्रपा बागमती प्रदेशका प्रवक्ता विष्णुप्रसाद सापकोटाले कार्यालय पार्टीको बोर्ड वाचन गरेर सम्पर्क कार्यालय स्थापनाको उद्घाटन गरेका थिए । नेता सापकोटाले राप्रपाको विचार, नीति र सिद्धान्तप्रति जनताको आकर्षण बढेको बताए ।

पार्टी कार्यालय स्थापना कार्यक्रममा जिल्ला अध्यक्ष कुलबहादुर खड्गी, सचिव दिपेश पाण्डे, अघिल्लो स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको उपमेयरका प्रत्यासी उम्मेदवार पूर्णलाल श्रेष्ठ, नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

पार्टीले यही ३० गते शुक्रबार हुने निर्वाचनका लागि वडा १ का उम्मेवदवारको सूची समेत सार्वजनिक गरेको थियो । जसमा वडा नम्बर १ को वडा अध्यक्षमा प्रकाश जोशी र सदस्यहरु ज्याउलहक मिया, माधव घिमिरे, सुष्मा अधिकारी थपलिया र सिता मिजार रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top