२०८१, ६ बैशाख बिहीबार

म्यागङ प्रकरण: गाउँपालिका अध्यक्ष आशाविरूद्ध अख्तियारमा मुद्दा

डबली खबर     चैत्र २८ २०७८ १७:१७

Akhtiyar meghan nuwakot chairman asha tamang
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सूचना संशोधन गरेर म्यागाङ गाउँपालिकाको प्रशासकीय भवनको ठेक्कामा गाउँपालिकाका अध्यक्ष आशा तामाङले मिलेमतोमा कमिसन लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा परेको छ ।

चैत १४ गते अख्तियारको केन्द्रीय कार्यालयमा ७ करोड ४३ लाख २७ हजार ४२० को ठेक्कामा सूचना संशोधन गरी अध्यक्ष तामाङले भ्रष्टाचार गरेको दाबीसहित एक नेपाली नागरिक नामकले उजुरी दर्ता गरेको हो । यस मुद्दामा आयोगले भने अनुसन्धान सुरू गरिसकेको छ ।

प्रशासकीय भवन निर्माणका लागि २०७७ असोज ६ गते सूचना प्रकाशित गरेकोमा ३० दिन भित्र बोलपत्र पेश गर्न पर्नेमा २ कम्पनीहरुको बोलपत्र निवेदन परेकोमा अध्यक्ष तामाङले फेरि सूचना संशोधन गरेर नयाँ कम्पनीको प्रवेश गराएर ३३ प्रतिशत अर्थात करिब २ करोड ४५ लाख २८ हजार ४८ रुपैंयाँ कमिसन बुझेको दाबी उजुरीमा उल्लेख छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरी

उजुरीमा उक्त बोलपत्रको कागजात नियमन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरिएको जनाएको छ ।

शनिबार साँझ विदुरमा पत्रकार सम्मेलन गरेर म्यागाङ गाउँपालिका नेपाली काँग्रेसले उक्त उजुरी र सामाजिक सञ्जाल मार्फत भ्रामक प्रचार गरिएकोमा आपत्ती जनाएको छ । म्यागङ काँग्रेसका सभापति सिंगराज तामाङसहितका नेताहरुले उक्त आरोप प्रमाणित गराउन चुनौति समेत दिएका छन् । 

गाउँपालिका अध्यक्ष आशा तामाङले आफुलाई आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चरित्र हत्या गरेकोमा घोर भर्त्सना गरेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top