+
Search

ताजा अपडेट +

पपुलर +

“हेल्लो बागमती सरकार” मोबाईल एप सार्वजनिक हुदैं

Bagamati Province CM Rajendra Prasad Pandey press meet in Nuwakot
डबली खबर
४ साल अगाडी

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारी सेवाको गुनासो व्यवस्थापनलाई मध्यनजर गर्दै “हेल्लो बागमती सरकार” मोबाईल एप सञ्चालनमा ल्याउन लगिरहेको बताएका छन्।

शुक्रबार समाजवादी प्रेस संगठन नुवाकोटद्वारा बट्टारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले उक्त एप सञ्चालनमा ल्याउन लागिएको बताए ।

प्रदेशका सबै सरोकारवाला निकायहरुलाई समावेश गरी नवीनतम प्रविधि प्रयोग गरेर असल प्रशासनको लक्ष्य प्राप्त गर्ने उद्देश्य रहेको मुख्यमन्त्री पाण्डेले बताए । चालुआर्थिकभित्र नै सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

सार्वजनिक यातायातमा क्यासलेस कार्ड सुघाँउने व्यवस्था ल्याउँदैछौं: मुख्यमन्त्री पाण्डे

एपमा उजुरीको साथमा, नागरिकले सजिलो र पारदर्शी ढंगमा सरकार, विभाग, कार्यालयसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्दछ । नागरिकले सरकारी सेवाको गुनासो आफ्नो मोबाईलबाटै प्रदेशका सबै विभागहरूमा दिन सक्नेछन् र विभागले पहुँच, निवारण र निगरानीमा सुधार गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ