२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

सार्वजनिक यातायातमा क्यासलेस कार्ड सुघाँउने व्यवस्था ल्याउँदैछौं: मुख्यमन्त्री पाण्डे

डबली खबर     चैत्र १८ २०७८ २०:२५

Bagamti CM Rajendra Prasad Pandey
pratik book and stationery center in nuwakot

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सार्वजनिक यातायातमा क्यासलेस कार्ड सुघाँउने व्यवस्था ल्याउन लागिरहेको बताएका छन् ।

आज बट्टारमा समाजवादी प्रेस संगठन नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यातायात क्षेत्रको सुधारको लागि उक्त भनाइ राखेका हुन् ।

सार्वजनिक यातायातमा झन्झटिलो भाडादर तिनुपर्ने व्यवस्थालाई सहज गर्न नागरिकको सुविधाको लागि डिजीटल पेमेन्टको व्यवस्था गर्न लागेको मुख्यमन्त्री पाण्डेले बताए । अहिलेको समयमा आमनागरिकले प्रविधिको प्रयोग गरिराखेको अवस्थामा क्यासलेस कार्डको व्यवस्थाले डिजीटल पेमेन्टको सिर्जना गर्ने र त्यस सुविधाले नागरिकमा सहज पुग्ने बताए । उक्त कार्यक्रमको लागि नागरिकलाई जनचेतनामुलक कार्यक्रमबाट प्रविधिको जानकारी दिनेछौं, सिकाउने छौं । सो व्यवस्थाको सुविधाले सवारी चालकको बैकिङ कारोबार र तलब सुविधाको साथै सवारीसाधन धनीलाई यस किसिमको व्यवस्थाले राहत पुग्ने मुख्यमन्त्री पाण्डेले बताए । क्यासलेस कार्ड सुरु गर्न सके बागमती प्रदेश देशकै पहिलो प्रविधिमैत्री प्रदेश हुने ठम्माए ।

प्रदेश सरकारले सवारी अनुमतिपत्र लिने झन्झटिलो प्रक्रियालाई सुधार गर्दै एकैदिन लिन सकिने व्यवस्था ल्याउन लागि रहेका छौं ।

“बागमती प्रदेशका सबै जिल्लामा ट्रायल दिने व्यवस्था पुर्याउने छौं”, मुख्यमन्त्री पाण्डेले भने “एक जिल्लाको नागरिक अर्को जिल्लामा गएर सवारी अनुमतिपत्र लिन दौडेर जाने र उनीहरुलाई दु:ख नपरोस् । सुविधा पाओस् ।” सवारी अनुमतिपत्र लिने परम्पगत प्रक्रियालाई पनि प्रविधिमय बनाउन करिब १० करोडको अत्याधुनिक उपकरण ल्याउन लागिएको मुख्यमन्त्री पाण्डेले बताए । त्यस्ता उपकरण ल्याउने निजी क्षेत्रलाई पनि प्रदेश सरकारले प्रोत्साहन गर्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पाँच दलिय गठबन्धन केन्द्रमा मिले जिल्लामा समेत गठबन्धन हुने र स्थानीय तहको निर्वाचनमा मात्र नभई प्रदेश र संघीय निर्वाचनमा पनि टिक्ने जिकिर गरे ।

प्रदेश सरकारले प्रदेशका ११९ पालिकाबाट दलित, अल्पसंख्यक वा लोपोन्मुख वा सिमान्कित जाति मध्येबाट कुनै एक जना एसईइ पास गरेका विद्यार्थीलाई प्रविधिक जनशक्ति उत्पादनको लागि प्राविधिक शिक्षाको अवसर दिएर पालिकामै रोजगारीको सिर्जना गर्ने कार्यविधि अघि बढेको बताए । उक्त शिक्षाको लागि खर्च बागमती सरकारले व्यहोर्ने बताए । सामुदायिक विद्यालयबाट एसइइ पास गरेका र सामुदायिक कलेजमा अध्ययन गर्ने सबै छोरीहरुलाई करिब १ अर्बको छात्रवृत्तिको कार्यक्रम प्रदेश सरकारले ल्याउन लागिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top