२०७९, ३ भाद्र शुक्रबार

नेपाली काँग्रेसमा अनुशासन समिति गठन

डबली खबर     चैत्र १९ २०७८ ०५:५६

nepali congress nuwakot office building
Diyo Pathshala Montessori

विदुर – नेपाली काँग्रेस नुवाकोटले जिल्ला सचिव श्रीराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय जिल्ला अनुशासन समिति गठन गरेको छ ।

शुक्रबार बसेको जिल्ला कार्यसमिति बैठकले नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार श्रेष्ठको संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन गरेको हो ।

श्रेष्ठको संयोजकत्वमा गठित अनुशासन समितिमा नवराज घिमिरे र सीता तामाङ सदस्य छन् ।

पार्टीको उम्मेदवारले कुनै सदस्य वा पार्टीको निकायले प्रत्यक्ष वा परोक्ष रुपमा पार्टी वा उम्मेदवारका हित विपरित काम गरेको, निष्कृय बसेको वा अन्य उम्मेदवारलाई सहयोग हुने कार्य गरेको देखिएमा जिल्ला अनुशासन समितिले त्यस्ता सदस्यलाई तत्काल सम्झाउने,चेतावनी दिने, नमानेमा सदस्यता निलम्वन गरि सोको जानकारी प्रदेश र केन्द्रीय अनुशासन समितिलाई दिने वैधानिक व्यवस्था छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top