२०७९, ७ जेष्ठ शनिबार

२० जना हाईड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया

डबली खबर     चैत्र १५ २०७८ १८:१५

Hydrosil free camp in shivapuri rural municipality nuwakot
nuwakot trishuli graphic web media service 2020

नुवाकोट – शिवपुरी गाउँपालिका शेराबगरमा पुरुषहरुलाई हुने हाईड्रोसिलको दुईदिने निःशुल्क उपचार सेवा सञ्चालन भएको छ । त्रिशुली अस्पतालको सहकार्यमा शिवपुरी आधारभुत अस्पतालले हाईड्रोसिलको उपचार गरेको हो ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले हाईड्रोसिल सम्बन्धि अझै पनि नागरिक अनविज्ञ रहेको हुनाले गाउँपालिकाले यस रोगबारे जनचेतनामुलक कार्यक्रम गरिने बताए ।

चैत १४ र १५ गते भएको शिविरमा २० जना बिरामीहरुको सफल शल्यक्रिया गरिएको स्वास्थ्य प्रमुख उद्धव कार्कीले जानकारी दिए ।

सबैभन्दा धेरै खेतीपाती गर्ने, मजदुरी गर्ने, भारी सामान बोक्नेहरुलाई हाईड्रोसिलको समस्या देखिने त्रिशुली अस्पतालका वरिष्ठ शल्यचिकित्सक डा. प्रेमप्रकाश पौडेलले बताए । 

हाईड्रोसिल भनेको पुरुषहरुको अण्डकोषमा पानी भरिएर ठूलो हुनु हो । अण्डकोषको नियमित रुपमा सरसफाइ नगर्दा संक्रमण भएर तथा हात्तीपाइले रोगको कारण पनि हाईड्रोसिल हुने त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले बताए ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top