२०७९, ३ भाद्र शुक्रबार

नुवाकोटमा विपदबाट ४ को मृत्यु, २ करोड ५ लाख ४६ हजारको क्षति

डबली खबर     चैत्र १५ २०७८ १६:११

disaster report of nuwakot district 2022
Diyo Pathshala Montessori

विदुर – नुवाकोट जिल्लामा चालुआर्थिक वर्षमा विपदबाट चार जनाको मृत्यु भएको छ । जिल्ला बिपद व्यवस्थापन समितिको तथ्यांकअनुसार आगलागी, बाढी, पहिरो, करेन्टबाट १/१ जनाले ज्यान गुमाएका छन् । जसमा करेन्ट लागेर १ जना घाईते भएका छन् ।

चालु आवमा आगलागी ८, बाढी २, पहिरो १२, विद्युत सट १, बाटो अवरोध १५ र अविरल वर्षाका कारण घर तथा गोठ भत्केको १ गरी कुल ३९ घटना घटेको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद रिसालले जानकारी दिए । घरतर्फ पक्की १ र कच्ची १० वटा घरहरुमा क्षति पुगेको छ । १९ वटा चौपायाको मृत्य भएको छ भने ५ गोठ भत्केको छ । ५ वटा चौपाया घाईते भएको छ । विपदबाट ११६ रोपनी बालीमा क्षति पुगेको छ । तथ्यांकअनुसार पहिरोबाट २८ घरहरु उच्च जोखिममा रहेको उनले जानकारी दिए ।

तथ्यांकअनुसार जिल्लामा घटेका विभिन्न विपदबाट २ करोड ५ लाख ४६ हजार रुपैंयाँ बराबर क्षति भएको छ । जसमा आगलागीतर्फ ९२ लाख ६१ हजार, बढीतर्फ ९६ लाख, पहिरोतर्फ १४ लाख ५० हजार, घर तथा गोठ क्षतितर्फ २ लाख ३५ हजारको क्षति भएको उल्लेख छ ।

हाल जिल्लाको विपद व्यवस्थापन कोषमा ५ लाख ६३ हजार १९६ रुपैंयाँ मौज्दात रहेको जनाएको छ । जिल्ला विपद् प्रतिकार्य जनशक्तितर्फ सेना ४०, प्रहरी ७१, सशस्त्र ८ र विपद गोदामघर २५ जना रहेका छन् ।

विपदबाट क्षतिपूर्ति पाउने स्थानीय तहमा विदुर नगरपालिकाका २३ र बेलकोटगढीका ९ लाभग्राही रहेको छ । जसमा म्यागङका ११, तारकेश्वरका ९, लिखुका ४, तादीका २, शिवपुरीका ३६ पन्चकन्याका ८ गरी कुल १०२ लाभग्राही रहेका छन् । यस्तै, यसवर्ष मनसुन विपदका निजी आवास निर्माणतर्फ २७ जनासँग सम्झौता भइ पहिलो किस्ताको रकम भुक्तानी भइसकेको छ ।

जिल्लामा सुत्केरी महिलाको हवाई एम्बुलेन्समार्फत उद्धार गरिनुपर्ने बाध्यता रहेको छ । विषसेवन र झुण्डेर आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ । मनसुनजन्य तथा आगलागी प्रभावितहरुको लागि निजी आवास पुनर्निर्माणमा कठिनाई रहेको छ । विद्युतीय क्षति र नदीमा डुबेर ज्यान गुमाउने दुर्घटनाहरु नुवाकोटमा बढी मात्रामा रहेको छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top