२०७९, २६ श्रावण बिहीबार

रसुवामा पुनरुत्थानशिलता विश्लेषणसम्बन्धि एकदिने गोष्ठी

डबली खबर     चैत्र ११ २०७८ १५:३१

food security seminar in rasuwa
Diyo Pathshala Montessori

रसुवा – धुञ्चेमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी एकदिने विस्तृत अध्ययन कार्यशाला गोष्ठी भएको छ । जलवायु परिवर्तनले कृषि र खाद्य सुरक्षामा परेको प्रभावको बारेमा सूचना संकलनको लागि उक्त कार्यक्रम गरिएको जनाएको छ ।

राष्ट्रिय योजना आयोग, प्रदेश निति तथा योजना आयोग र जिल्ला समन्वय समिति रसुवाको समन्वय एवं संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको सहकार्यमा बिहिबार धुन्चेमा कार्यशाला गोष्ठी भएको हो ।

जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले कृषि उत्पादनका सामाग्रीको साथै व्यापारबाट आयआर्जन गरी जीविकोपार्जन गर्न सकिने भएकोले भूगोल र मौसमअनुसार कृषि उत्पादन गरी नागरिकको जीविकोपार्जनमा सहज गर्नु स्थानीय तहको भूमिका रहने बताए ।

जिल्ला समन्वय समिति रसुवाकी शर्मिला कार्कीले खाद्य सुरक्षा, जलवायु जोखिमबारे प्रकाश पारेकी थिईन् । खाद्य सुरक्षा, पोषणमा सुधार र दीगो कृषि प्रबर्द्धन जस्ता दीगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय तहको सक्रियता आवश्यक रहेको बताईन् । उनले भवितव्य आइपर्ने बिपतको सामना गर्न र आफ्नो पालिकाको उत्पादन वृद्धिमा स्थानीय तहले नीति निर्माण गर्दा विशेष ध्यान दिन जरुरी रहेको बताईन् ।

कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम बागमती प्रदेशका संयोजक राजु क्षेत्रीले पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन अभ्यासको अवधारणासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले जलवायु परिवर्तनको असर र जीविकोपार्जनमा ल्याएको समस्याका बारेमा जानकारी गराएका थिए । उनका अनुसार अध्ययनको अपेक्षा तापक्रम र बर्षाको परिदृष्य निर्माण, भविष्यमा हुने जलवायु परिवर्तनको दृश्य, शुन्य भोकमरी प्राप्तिको लागि खाद्य सुरक्षा रणनीति तथा नीति निर्माणको लागि प्रमाण, खाद्य सुरक्षा विश्लेषणका लागि सूचनाको श्रोत र आर्थिक सर्वेक्षणको लागि उपयुक्त क्षेत्रको छनौट रहेको छ ।

सहभागीहरुले स्थानीयस्तरमा व्यावहारिक भाषा र जीवनशैलीको प्रयोगमार्फत् जलवायु परिवर्तन र खाद्य सुरक्षामा परेको असरका सूचना संकलनमा जोड दिएका थिए ।

देशको भूबनोट अनुसार रसुवा जिल्ला बाढी तथा पहिरो प्रभावित तथा जोखिममा ३० औं र भूकम्प जोखिममा ११ औं स्थानमा रहेको छ ।

गोष्ठीमा कृषि ज्ञान केन्द्रका प्रतिनिधि, जिल्लाको ५ वटै स्थानीय तहका कृषि शाखा प्रतिनिधि, नेपाल रेडक्रसका प्रतिनिधि, रसुवा उद्योग वाणिज्य संघका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्स्याप) अनुसार खाद्य असुरक्षाका न्यूनतम खाद्य असुक्षा, मध्यमस्तरीय खाद्य असुरक्षा, उच्च खाद्य असुरक्षा र गम्भीर खाद्य असुरक्षाको तह पार गरेपछि मात्र भोकमरीको अवस्था आउने छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top