२०७९, २६ श्रावण बिहीबार

जनयुद्धका महारथी स्वर्गीय नेता बोगटीको शालिक अनावरण

डबली खबर     फाल्गुन २९ २०७८ १३:३७

statue of post bahadur bogati nuwakot
Diyo Pathshala Montessori

नुवाकोट – शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका महारथी स्वर्गीय नेता पोष्टबहादुर बोगटी “दिवाकर” को पूर्ण कदको शालिक अनावरण गरेका छन् ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा अध्यक्ष दाहाल, नारायणकाजी श्रेष्ठ, हितमान शाक्य, प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङलगायतले जनयुद्ध आन्दोलनमा बोगटीको भूमिकाबारे चर्चा गरेका थिए ।

पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माण स्थानीय भोजराज पनेरुको अध्यक्षतामा उपभोक्ता समितिले शालिक निर्माण गरेको हो । बागमती प्रदेश आन्तरिक मामिला मन्त्रायबाट व्यवस्थापन भई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्राप्त ४० लाख रुपैंयाँबाट शालिक निर्माण गरिएको अध्यक्ष पनेरुले जानकारी दिए । 

प्रतिष्ठानका कार्यालय सचिव प्रभा बोगटीले पार्कस्थलमा तीन कोठाको स्व. बोगटीको स्मृतिमा पुस्तकालय भवन, दुई कोठाको अस्थायी निवास टिकटघर निर्माण भइसकेको जानकारी दिइन् ।

तत्कालिन एमाओवादीका उपाध्यक्ष समेत रहेका बोगटीका दुई छोरी र एक छोरा रहेकोमा ०५९ साल असार ७ गते उनका एकमात्र छोरा रवि बोगटी (अनन्त) धादिङको सत्यदेवी गाविसमा सेनाको गोलीबाट मारिएका थिए । जनयुद्धमा आफ्नो सन्तान गुमाउने बोगटी नै एकमात्र ठूला नेता हुन् ।

बोगटीको जन्म विसं. २०१० सालमा नुवाकोटको तुप्चेमा भएको हो । उनका पिताले पाँचवटी विवाह गरेका थिए । बोगटी साँहिली पटि्टका जेठा छोरा हुन् ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top